आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

एमसीसी संसदमा टेलब, १२ गते सम्मको लागि संसद बैठक स्थगित

२०७८ फागुन ८, आईतबार मा प्रकाशित ( ४ साल अघि) ५२७० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् ।

एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहेका थिए ।

सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको थियो यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस