
खोटाङ ९ कात्तिक ।
खोटाङमा एउटै घरका चार जनामाथी खुकुरी प्रहार हुंदा गम्भीर घाइते भएका छन्।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका(३ च्यास्मीटारमा च्यास्मिटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घरमा गएराति खुकुरी प्रहार गर्दा ४० वर्षीया श्रीमती अञ्जना राई, सासु ६२ वर्षीया सेवन्ता राई, साली २५ वर्षीया टेमिना राई र सालो नरेन्द्र राई गम्भीर घाइते भएका हुन् ।
घाइते चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
‘घाइते हुनेमध्ये तीन जना अञ्जना,, सेवन्ता, र टेमिना राई को अवस्था गम्भीर रहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत उनीहरुलाई काठमाडौँ तर्फ पठाउन लागिको छ’,। खुकुरी प्रहार गर्ने नइन्द्रकुमार राईलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाली सेनामा कार्यरत राई दशैं मनाउन घर आएका थिए । श्रीमतीसँग सामान्य घरायसी विवाद भएको र त्यसपछी अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। रातको समयमा घरभित्र सुतिरहेको अवस्थामा राईले अन्दाधुन्द खुकुरी प्रहार गरेपछी रातभर नै गाउँ पुरै तनावग्रस्त भएको स्थानीयले बताएका छन्।
घटनाको अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस