धादिङ– धादिङमा कोरोना परिक्षण गर्नेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या पनि घटेको छ । आज ज्वालामुखीमा १ र गंगाजमुनामा १ गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लामा गरीएको ३ एन्टीजेन परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो । हाल कोरोना संक्रमण दर ६६ प्रतिशत रहेको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३३ रहेको छ । संक्रमित रहेका सबै होम आइसोलेसनमा रहेका छन् ।
यस्तै आज थप १ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अहिलेसम्म जिल्लाभर संक्रमित हुनेको संख्या १० हजार ४९० पुगेको छ । संक्रमित मध्ये ९ हजार ३९६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।












प्रतिक्रिया दिनुहोस