आज:  | Wed, 15, May, 2024

आज महाँ शिवरात्रीको दिन विषेश दिन

१७ फाल्गुन २०७८, मंगलवार १२:४८ मा प्रकाशित ( २ साल अघि) ६४२ पाठक संख्या
नारी बाटिका


१७ फागुन २०७८,मंगलवार
नारी बाटिका खबर दाता धादिङ
आज महाशिवरात्रि पर्व धादिङसहित देशभरका शिवालयमा भगवान शिवको मंन्दिरमा पूजा पाठ र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुजिने,पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा कालरारात्रि शिवरात्रि आदी मध्यमको सवैभन्दा महत्वपुर्ण र पवित्र दिनको रुपमा आजको शिवरात्रि दनलाइ िवषेश दिनको रुपमा मनाउने परम्परा चलि आएको हो ।

मध्यरातमा चतुर्दशी परेका दिन महाँँ शिवरात्रि पर्व मनाउने शास्त्रीय मान्यता रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि आजको तिथी एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास चलि आएको छ ।

भाद्र कृष्ण अष्टमी अर्थात् श्री कृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मी पूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बी धार्मिक ग्रन्थहरुमा उल्लेृख गरिएको छ । धादिङको सिद्धलेक९सिद्धबाबा मन्दिर०,गुप्तेश्वर लगाएत महादेव देश भरका शिवालयमा मठ मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

यस्तै धादिङको सिद्धलेक९सिद्धबाबा मन्दिरमा० दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव समेत गत वर्षदेखी हुने गरेको छ। सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजनामा आज शिवरात्रीको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको आयोजकका सल्लाहाकार अमृत गुरुङ९तिलक०ले जानकारी दिएका छन् । महोत्सव स्थलको लागि स्टेज, सरसफाई, पानी, स्वयम्सेवक,यातायात साधनको व्यवस्थापन लगाएत सबै तयारी पुरा गरिएको पनि गुरुङले बताएका छन् ।

कार्यक्रमलाई थप उत्साहपुर्ण बनाउने र स्थानिय तथा वाह्रय जिल्लाका दर्शक तथा भक्तजनको सहभागीमा वृद्धी गर्नको निमित्त राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, रविन लामिछाने, रिता रावत, लगायतका स्थानीय कलाकारहरुको साथमा साँस्कृर्तिक प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।साथै खेलाडीहरुद्वारा रोडिज पनि प्रदर्शन गरिने कार्यक्रम तय भएको बताइएको छ ।

यस बर्ष बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने छ । जिल्लाकै धार्मिक स्थलहरु मध्य यस मन्दिर पनि ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिका भित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग ९हाल वडा नं। २, ३ र ४० को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ । दर्शक तथा भक्तजनलाई उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुनको लागी आयोजकले अपिल समेत गरेको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस