आज:  | Sat, 18, May, 2024

नारी विकास सहकारी संस्थाको आयोजनामा चैत्र १५ गते व्यवशायिक तालिम सम्पन्न भएको छ

१६ चैत्र २०७८, बुधबार २१:०८ मा प्रकाशित ( २ साल अघि) ५५२ पाठक संख्या
नारी बाटिका


नारी विकास सहकारी संस्था द्धारा व्यवशायिक तालिम सम्पन्न ।
नारी वाटिका समाचारदाता २०७८ चैत्र १५ धादिङ

 

नारी विकास सहकारी संस्थाको आयोजनामा चैत्र १५ गते व्यवशायिक तालिम सम्पन्न भएको छ ।

२०६३ सालमा नारी जागरण केन्द्रको पहलमा स्थाथापना भएको नारी बिकास बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको काम मात्रै गरिरहेको छैन ।सहकारीले बचत ऋण कारोवारको साथमा नारी जागरण केन्द्रबिच सहकार्य गरी लैंगिक हिंसा विरुद्धका कार्यक्रमहरु,हिंसा प्रभावितका लागी सुरक्षित आवास संन्चालन,कानुनी उपचारमा सहयोग पुर्याउँदै आईरहेको छ । तेसैगरी बालबालिकाको पठन पाठनमा सहयोग पुर्याउन प्रोत्साहन मुलक कार्यक्रम,गर्दै आफ्ना शेयर सदस्यहरुको क्षमता विकासका लागी सदस्य सेवामुखी कार्य
संन्चालन गर्दै आईरहेको छ ।

लैगिंक हिंसा विरुद्धका जनचेतना मुलक कार्यक्रम,बालबालिका सम्वन्धि कार्यक्रम,शेयर सदस्यहरुका लागी क्षमता विकास कार्यक्रम,भ्रमण,गाष्ठी,तालिम,प्राकृतिक विपत्तीमा परेका सहस्यलाई आर्थिक सहयोग गर्ने जस्ता कार्य गर्दै,समुहमा साना व्यवशायी सहुलियत कर्जा परिचालन गरी व्यवशाय संन्चालनमा सहयोग पुर्याउदै आईरहेको थियो साथै सहकारीले यस अघि समुहगत रुपमा मात्रै ८ प्रतिशद ब्याजमा सहुलियत कर्जा परिचालन गरिदै आईरहेको भएता पनि यस वर्षदेखी नेपाल सरकार युवा स्वरोजगार कोष मार्फत शेयर सदस्यहरु मध्य विपन्न वर्गका समुदायको जिवन स्तर उकास्न र वैदेशिक रोजगारीलाई निरुत्साहित गरी युवाहरुलाई स्वदेशमै वसी व्यवशायी गर्नको निमित्त सरकार संगको सहकार्यमा व्यक्तिगत रुपमा पनि आर्थिक अभावको कारण लगानीको बाटा नहुनाले परियोजना संन्चालन गर्न नसकिरहेका सदस्यहरुको लागी सहुलियत कर्जा उपलव्ध गराउने भएको हो । 
यसै वर्षको चैत्र महिना देखी उपलव्ध गराईने उक्त परियोजना बारे स्पष्ट र जानकारी गराउने मुख्य उद्दस्यले अभिमुखीकरण तालिमको आयाृजना गरी ३७ जना महिला तथा शेयर सदस्यको सहभागितामा युवा स्वरोजगार तथा साना व्यवशायी कोष,लगानी,शुलीका प्रकृया,विमा सम्वन्धि व्यवस्थापनको विषयमा संस्थाका अध्यक्ष भगवती उप्रेतीको सहजीकरणमा तालिम सम्पन्न गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस