आज:  | Mon, 20, Jan, 2025

सिन्धुपाल्चोकमा ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो

२१ चैत्र २०७८, सोमबार ०७:३० मा प्रकाशित ( २ साल अघि) १४८३ पटक पढिएको
नारी बाटिका


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो ।

मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस