आज:  | Tue, 18, Feb, 2025

धादिङका नवनिर्वाचित पालिका प्रमुखहरुद्वारा सथप ग्रहण

१० जेष्ठ २०७९, मंगलवार ०८:३३ मा प्रकाशित ( २ साल अघि) ११८८ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको १३ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप लिएका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई सोमबार मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । धादिङको १३ वटा स्थानीयतह मध्ये २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छ ।

सपथ ग्रहण लिएपश्चात प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुको साथै विकास निर्माण र सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् ।

साथै सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा नेपाली कांग्रेसले ७, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले १ वटा पालिका प्रमुख जितेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस