आज:  | Mon, 20, May, 2024

असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिईने

१९ जेष्ठ २०७९, बिहीबार ०९:२३ मा प्रकाशित ( १ साल अघि) २९४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहालले अबको एक महिना अर्थात् असार दोस्रो सातादेखि ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो । खोप अभियान विद्यालय तहमै सञ्चालन गरिने तयारी सरकारको योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस