आज:  | Thu, 27, Mar, 2025

रुपन्देहीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु

२२ जेष्ठ २०७९, आईतवार ०९:१२ मा प्रकाशित ( २ साल अघि) २४९६ पटक पढिएको
नारी बाटिका


रुपन्देही –रुपन्देहीमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेहरूको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस