
धादिङ – बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
किशोरीहरुको लागि यौन तथा प्रजनन तथा परामर्श सेवा प्रदान गर्नको निम्ति एक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी वर्ष थप ६० विद्यालयमा विस्तार गर्ने उद्धेश्यले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभएको हो ।












प्रतिक्रिया दिनुहोस