
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ असोज ।
यही असोज १८देखी २२ सम्म सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुलातर्फ वासना थापासहित १५ जना महिलाहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार सांसद् थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरी १५ जनामध्य पहिलो स्थानमा निर्वाचित भएकी हुन्।
यसैगरी महिला खुलातर्फको केन्द्रीय सदस्यमा धादिङ निर्वाचन क्षेत्र नं. २ की सीता थपलिया( उर्मिला) ३ हजार ९७० मतसहित दोस्रो स्थानमा र निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएकी छन्। त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा निर्वाचित भएकी हुन्।
निर्वाचित हुने अन्य उम्मेदवारहरुमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्।
त्यस्तै,केन्द्रीय सदस्यमा धादिङ निर्वाचन क्षेत्र नं.२ की तथा नेपाल लोकगित प्रतिष्ठान केन्द्रीय संघकी पुर्व अध्यक्ष रीता थापा मगरले २ हजार ३०८, मत प्राप्त गरी बाह्रौ स्थानमा निर्वाचित भएकी छिन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ जना उम्मेदवारहरूकाबीचमा प्रतिस्पर्धा भएको थियो।












प्रतिक्रिया दिनुहोस