आज: २०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

धादिङमा ५ वर्षीया बालिकालाई बलात्कार र अपहरण गरेको आरोपमा १ जना पक्राउ

२०७९ अषाढ १७, शुक्रबार मा प्रकाशित ( ४ साल अघि) ७३८४ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा ५ वर्षीया बालिकालाई बलात्कार र अपहरण गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विक रहेका छन् ।
पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।

पीडित परिवारले आरोपितविरुद्ध जबरजस्ती करणी र अपहरण मुद्दामा जाहेरी दिएका छन् । आरोपित विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पश्चात् अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । पिडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते धादिङ अस्पतालमा भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस