नारी बाटिका

२०७९ साउन ७ गते शरिवार
काठमाडौं ।
नेपाली काँग्रेस निकट पत्रकारहरु संलग्न संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन वागमती प्रदेश हेटौंडामा जारी छ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन सत्रका कार्यक्रम सकिए सँगै आज दोस्रो दिन नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
प्रेस युनियन केन्द्रीय पदाधिकारी,केन्द्रीय सदस्य र लेखा समिति गरी १२० जनाको प्रतिनिधित्व रहने विधानले व्यवस्था गरेको छ । जस्मध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरु १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना गरी जम्मा ११५ जना रहने व्यवस्था छ ।
त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना गरी ५ सदस्यको समिती रहने व्यवस्था छ । कुल १२० पद मध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि भने कुनै पनि मनोनयन दर्ता भएको छैन । उम्मेदवारी परेका मध्य ३१ पदमा निर्विरोध निर्वाचित घोषणा भइसकेको छ ।
मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छ। अल्पसंख्यक महिला केन्द्रीय सदस्य तर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज संस्थापन पक्ष र इतर पक्षबिच कडा प्रत्तिसपर्दा साथ निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।








प्रतिक्रिया दिनुहोस