
बिबियु,नारी वाटिका डट्कम
धादिङ- १० कात्तिक ।
धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा तेल ट्यांकर र ईभी हाइस एकआपसमा ठोक्किएर दुर्घटनामा हुंदा १० जना घाइते भएका छन्।
आज दिउँसो अ.४ बजेर १० मिनेटको समयमा काठमाडौंँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०८३५ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३०१३ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएर दुर्घघना भएको हो।
दुर्घटनामा परी घाइतेको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र मलेखुको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी)प्रकाश दाहालले जानकारी दिनु भयो । थप विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस