आज:  | Sat, 18, May, 2024

विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, मङ्कीपक्स को संक्रमिण बढ्यो ।

८ श्रावण २०७९, आईतवार ०८:४५ मा प्रकाशित ( १ साल अघि) ३५८ पाठक संख्या
नारी बाटिका


नारी वाटीका समचारदाता काठमाडौं
२०७९ साउन ८,आईतवार ।
मङ्कीपक्स संक्रमितको संख्या वढ्दै गएपछी विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । हाल विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला यस नयाँ प्रजातीका सक्रमण अझै खतरा खालको रहेको औंल्याउदै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काीलन घोषणा गरेको हो । ७५ देशमा तिव्रगतीमा मङ्कीपक्स फैलिदै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्नु परेको खुल्याइएको छ । डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ ।
यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठक सम्पन्न पछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो । डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजार भन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिले सम्म पाँचजनाको मृत्यु समेत भईसकेको जनाएको छ ।

डा। टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन । तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उहाँले निश्चय नै अन्तर्राष्ट्रिय स्तरमा नै यो सरोकारको विषय बनेको कुरा निर्णय गरेको बताउनु भयो ।

“डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यम खाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिम युक्त देखिएको छ, “डा। टेड्रोसले भन्नुभयो । बीबीसी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस