आज: २०८३ कार्तिक ३, सोमबार | Mon, 19, Oct, 2026

नवरात्रको नवौं दिन भएपनि आजपनि महाअष्टमी पर्व मनाईँदै

२०८३ कार्तिक ३, सोमबार मा प्रकाशित ( २५ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ कार्तिक ।

यस वर्ष २०८३ को तिथि वृद्धि भएका कारण नवरात्रको आज नवौँ दिन भएपनि आजपनि महाअष्टमी पर्व मनाईँदैछ । कात्तिक १ मा मनाइएको महाअष्टमी पर्व यस वर्षमा तिथि घटबढ भएको कारण आज कात्तिक २ गते पनि महाअष्टमी पर्वको कर्म दोहोर्‍याएर मनाईँन लागिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि थपघट भएकाले दुई दिनसम्म अष्टमी तिथि पर्न गएको हो। जसका कारण नवरात्रिको यो समय दशरात्र बन्न पुगेको छ।

यसका मुख्य कारण महाअष्टमीको कर्म दोहोर्‍याइने कात्तिक १ गते (आइतबार) महाअष्टमीको सामान्य पूजा गरिए पनि आज कात्तिक २ गते सोमबार पनि दशैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरी कै पूजा आराधना र महाअष्टमीकै धार्मिक कर्महरू दोहोर्‍याइँदैछ।

काठमाडौँको हनुमानढोकाको मूल पूजा आजै राज्यका तर्फबाट दरबारको दशैँ घरमा गरिने मुख्य महाअष्टमी पूजा र १०८ पशु बलिसहितको कालरात्रि पूजा पनि परम्परा अनुसार आज सोमबार राति नै गरिँदैछ।

साथै धार्मिक मान्यताले निर्धारण गरिएको धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना एवं पूजा आराधना गर्ने दिन एक दिन बढ्दा यसले शुभ फल नै दिने गर्दछ। तिथिको यस्तो फेरबदलले गर्दा यसपटक विजयादशमीमा टीका लगाउँदा १० रात्रिको जमरा प्रयोग गरिने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑