आज:  | Fri, 17, Jan, 2025

धादिङको नीलकण्ठ नगरपालिकाको ७ सय ६० घरधुरीमा खानेपानी

११ श्रावण २०७९, बुधबार ०७:४८ मा प्रकाशित ( २ साल अघि) ६८४ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाको ७ सय ६० घरधुरीमा खानेपानी पु¥याइएको छ । नीलकण्ठ नगरपालिका,सर्भिस फर पिस र कोईकाको संयुक्त साझेदारीमा खानेपानी योजना निर्माण सम्पन्न गरि खानेपानीको सुविधा पु¥याएको हो ।

नीलकण्ठ नगरपालिकाको ६ वटा वडामा संचालन भएको उक्त खानेपानी परियोजनामा वडा नं.५ र १० का योजना निर्माण सम्पन्न गरी मंगलबार स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

अबको पाँच वर्षमा नगरपालिका भित्रको हरेक घरमा खानेपानीको धारा पुर्याउने लक्ष्य रहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभएको छ । उक्त खानेपानी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङगानाले सो कुरा बताउनुभएको हो । साथै नगरपालिकाले विपद व्यवस्थापन, खानेपानी र उद्यममा प्राथमिकता राखी काम गरिएको पनि नगर प्रमुख ढुंगानाले बताउनुभयो ।

उक्त परियोजना नीलकण्ठ नगरपालिकाका वडा नं.१,२,४,५,९ र १० मा संचालन भएको थियो । उक्त परियोजनाले करिब ४ हजार जनसंख्यालाई खानेपानीको सुविधा पु¥याएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस