
नारी बाटिका

२०७९ श्रावण १९
नारी वाटिका समाचारदाता काठमाडौं ।
स्थानिय तहमा गठवन्धन गरी गत २०७४ को निर्वाचन भन्दा यस निर्वाचनमा आफ्ना सिट वडेपछि संघ र प्रदेश तहको निर्वाचनमा पनि सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने निधो गरेका छन् । तेसैगरी आगामी ४ मंसिरमा चुनाव गर्नका लागी प्रतिपक्ष नेकपा एमाले सहित नेताहरु बिच सहमत भएका छन् । नेताहरुको सहमति बने सँगै बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको तिथी मिति घोषणा गर्ने तयारी समेत भएको बताईएको छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा लगभग समझदारी बनेको छ छ । बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकअगाडि गठबन्धनको बैठक बसेर निर्वाचनको तिथी मितिको अन्तिम टुंगो लगाउने समेत निर्णय भएको छ








प्रतिक्रिया दिनुहोस