
नारी बाटिका
धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धादिङ काठमाण्डौं बाट नजिक रहेको जिल्ला रहेता पनि अझै पनि यहाँका किसानले उत्पदान गरेको तरकारी विचौलीयाका कारणले बीच बाटोमै फाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
धादिङका किसानले उत्पाादन गरेको तरकारीलाई भारतबाट विषादी भएर आएका तरकारीका ट्रकले कुल्चिएर जाने दिनको अन्त्य गर्नको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी आएको उहाँको भनाई छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै लामिछाने सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो ‘बुढीगण्डकी जलविद्युत आयोजना बनिसक्नुपर्नेमा कमिशनको भागभण्डा नमिलेर अझै पनि बन्न सकेको छैन । यदि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सरकार बनाउन सक्यो वा यो जिम्मेवारी पायो भने ८ वर्ष भित्रमा यो आयोजना सम्पन्न गर्ने छ । ’ जुन दिनमा राज्य सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिकार हुन्छ त्यो दिनमा सबै राजनितिक दलले गर्दै आएका वेतिथीहरु प्रमाणसहित सार्वजनिक गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘राष्ट्रिय स्वतन्त्र पार्टी आम नागरिकले विश्व गरेको पार्टी हो, तपाईले गर्नु भएको विश्वासलाई टुट्न दिने छैन । तपाईहरुको जिवनकालमा नै तपाईले देखेको सपना पुरा गर्नेछु । ’ अब धादिङमा धादिङवासिको जिवन परिवर्तन गर्नसक्ने व्यक्तिको आवश्यक रहेको बताउदै धादिङवासिलाई सहि नेतृत्व छान्न पनि आग्रह गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस