आज: २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026

घोप्टेभिरमा फेरि पहिरो खस्यो,गएरातिदेखी नै पृथ्वी राजमार्ग अवरूद्ध

२०८३ कार्तिक २५, मंगलबार मा प्रकाशित ( ५४ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ २४ कात्तिक ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा गएराति फेरी सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्रगत पर्ने घोप्टेभिरमा गएराति पुनः पहिरो सुख्खा खसेपछी काठमाडौं तर्फ जाने आउने दुबै तर्फको यातायात संन्चालनमा अवरुद्ध भएको हो।

सोही ठाउँमा शोमबार बिहानै पनि पहिरो खसेपछी हिजो सडक ९ घण्टसम्म अवरुद्ध भएको थियो । शोमबार बिहान करिब ५ बजेतिर खसेको सुख्खा पहिरो दिउँसो दुई बजेसम्म पन्छाएर सडक खुलाइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवका अनुसार गएराति फेरी सोही स्थानमा सुख्खा पहिरो खसेर यातायात संन्चालनमा अवरुद्ध भएको जनाएको छन् । पहिरो खसेको स्थानमा बाटो दुई तर्फी अबरुद्ध भएको‌ छ भने पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑