
धादिङ – धादिङमा आज १९ जनमा कोरोना संक्रमण पुुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार ३४ जनामा गरिएको एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिकामा १, ज्वालामुखी गाउँपालिकामा ८, त्रिपुरासुन्दरी गाउँपालिकामा ७, गंगाजमुना गाउँपालिकामा १ र धादिङ अस्पतालमा २ गरेर जिल्लामा १९ पोजिटिभ केश देखिएको हो ।
यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको छ भने संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । यस्तै आजै १७ जना डिस्चार्ज भएका छन् ।












प्रतिक्रिया दिनुहोस