आज:  | Thu, 27, Mar, 2025

नारी विकास बचत तथा ऋण सहकारी धादिङको यो वर्षमा १४ लाख बराबर नाफा गर्न सफल ।

२६ भाद्र २०७९, आईतवार १९:४० मा प्रकाशित ( २ साल अघि) १२४० पटक पढिएको
नारी बाटिका


धादिङ– महिला हक,अधिकार र सान्ति दिगो विकासको निम्तिी भन्ने मुल नारा लिएर २०६३ जेष्ठ ९ मा नारी जागरण केन्द्र द्धारा स्थापित नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङले  यस आ.व.मा १४ लाख बराबर नाफा कमाउन सफल भएको छ । पशुपालन, पसल व्यवसाय, दुध डेरी लगायतमा लगानी गर्दै आएको सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै १४ लाख नाफा कमाउन सफल भएको हो ।

शनिबार धादिङबेसीमा सम्पन्न सहकारीको १६ औं वार्षिक साधारणस भामा प्रतिवेदन प्रस्तुत गर्दै सचिव प्रमिला घिमिरेले गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ऋण लगानी गरेको जानकारी दिनुभयो । महिला समुह,बाल समुह वाहेकै सहकारी मार्सिक तर्फ मात्रै ११ सय ८६ जना शेयर सदस्य रहेको नारी विकास सहकारी संस्थाले नेपाल सरकारको साना व्यवशायी तथा युवा स्वरोजगार कार्यक्रम मार्फत पनि निकै सहुलियत व्यजदरमा साना व्यवशायिक,कृर्षी,पशुपालन,माछापालन,पशुपंन्छी मालन,दुग्धडेरी लगायतका क्षेत्रमा ऋण लगानी गरी शेयर सदस्यको व्यवशायमा सहयोग गर्दै आएको छ ।

सहकारीकी अध्यक्ष भगवती उप्रेतीले सहुलियत कर्जासहित विभिन्न शीर्षकमा ऋण लगानी गरिरहेको बताउनुभयो । साथै स्थापनाको १५ वर्ष पुरा भई १६ औं वर्षमा प्रवेश गर्दै गर्दा अवस्थामा सहकारीले ४ करोड ३९ लाख,७८ हजार ९ रुपयाँ बचत संकलन गरेको छ भने यस आ.व.मात्रै ७१ लाख अठासी हजार ६ सय छत्तीस रुपयाँ बचत संकलन गर्न सफल भएको छ । तेसैगरी सहकारीले आफ्ना शेयर सदस्यहरुमा युवा स्वरोजगार कोष,मार्फत ८ प्रतिशत,साना व्यवशायी सहुलियत कर्जा तर्फ ८ प्रतिशत,र सहकारीको नियमित कर्जा तर्फ १३.५ प्रतिशत सर्व सुलभ व्याज मा ऋण(कर्जा )प्रवाह गरी आर्थिक अवस्था कमजोर सदस्यहरुमा सेवा पुर्याउदै आईरहेको छ । साथै सहकारीले अभिभावक संस्था नारी जागरण केन्द्र बिच सहककार्य गरी लैंगिक हिंसा विरुद्धको काम समेत संन्चालन गर्दै आई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस