आज:  | Tue, 21, Jan, 2025

मदन पुरस्कार विजेता लंसाललाइ धादिङबेशीमा भब्य सम्मान

२९ भाद्र २०७९, बुधबार २३:२९ मा प्रकाशित ( २ साल अघि) ६४० पटक पढिएको
नारी बाटिका


धादिङ – यो वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक डाक्टर नवराज लंसाललाइ गृह जिल्ला धादिङबेशीमा भब्य सम्मान गरिएको छ । आज लम्साललाई धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा साहित्यप्रेमीहरुहरुले धादिङवेशी पुछारबजारबाट ¥यालीको आयोजना गरि स्वागत गरेका हुन् ।

अभिनन्दन कार्यक्रममा लंसालले विपन्न, मजदुर, दलित र पछाडी पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउँदै मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाइ सम्वोधन गरिएको बताउनुभएको छ । गृहजिल्लामा पाएको यो सम्मानले आगामी दिनमा यस्ता पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।

नेपाली साहित्य जगतमा लंसालले पु¥याउनुभएको योगदान तथा लंसालको लेखनशैली र अग्नि महाकाब्यको विषयबस्तुको बारेमा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस