आज:  | Thu, 27, Mar, 2025

आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम

२ आश्विन २०७९, आईतवार २०:४१ मा प्रकाशित ( २ साल अघि) १३०३ पटक पढिएको
नारी बाटिका


आज धादिङ २०७९ असोज २ आईतवार

आज जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा गरिएको हो । विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रियस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरिय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्‍याली सहितको सचेतनामुलक कार्यक्रम आज देशैभरी एकैपटक संचालन भई सम्पन्न गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्शालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय टोली सहितको प्लेकार्ड, माईकिङ, प्रभातफेरी पुछारबजार चोकबाट शुरु भई जिल्ला विपत व्यवस्थापनको भवनमा एक अन्तर्रकृया वीच कार्यक्रम सम्पन्न गरिएको थियो । भने उक्त कार्यक्रममा पछिल्लो समयमा नेपालमा बड्दै गएको आत्महत्याको समस्या,तेस्तै धादिङमा पनि आत्महत्या गर्नेको संख्या बड्दै गएको,आत्महत्या गर्नूको कारण तथा रोकथामका लागी आगमी कार्ययोजनाको बारेमा प्रहरी नायव उपरीक्षक श्याम ब.खत्रीलले प्रस्तुतीकरण गर्नु भएको थियो ।
नेपाल प्रहरीले देशव्यापी रुपमा संचालन गरेको यस कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको हुँदा यसले स्थानिय सरकार लगायत सरोकारवाला निकायहरुलाई झकझकाएको कुरा कार्यक्रमका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्शालले वताउनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्याम ब.खत्रीलले प्रस्तुतीकरण गर्नु भएको कार्यपत्र तथा प्रस्तुतीकरणले सरकारलाई आत्महत्या रोकथामको लगि नीति बनाउन थप प्रेरित गर्ने बताएका थिए। मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत उनले बताएका छन्।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एव्ं धादिङका प्रहरी प्रमुख बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न विगतदेखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन स्थानिय तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा निरन्तरता गर्दै आगामी दिनहरुमा अझबढी सक्रियताका साथ कार्य गर्ने कुरामा जोड दिए । कार्यक्रमबारे प्रकाश पार्नुका साथै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरणमा समेटिएको थियो

त्यस्तै हाल सम्म धादिङमा आर्थिक वर्ष २०७६।०७७ मा ९७, २०७७।०७८ मा १ सय ४२ र २०७८।०७९मा ९६ जनाले आत्महत्या गरेको घटना रहेको प्रहरीले जानकारी दिनु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस