आज:  | Thu, 27, Mar, 2025

रघु माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले गरे रक्तदान

७ आश्विन २०७९, शुक्रबार १९:१२ मा प्रकाशित ( २ साल अघि) १०४५ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ रघु माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा १९ जना महिला र १९ जना पुरुष गरि ३८ जनाले रक्तदान गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । विजय दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४३ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा एसईई उतिर्ण छात्र छात्राहरुलाई सम्मान साथै विदाई कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा रेडक्रस धादिङको प्राविधिक सहयोग रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस