आज:  | Fri, 17, Jan, 2025

आज दशैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाईदै

११ आश्विन २०७९, मंगलवार ०९:१७ मा प्रकाशित ( २ साल अघि) १०३१ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – आज दशैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाईदै छ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस