आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

२०८३ कार्तिक २, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ कार्तिक ।

हरेक वर्ष दशैंको कोजाग्रत पुर्णिमाको दिन नेपाली कांग्रेसले आयोजना गरिँदै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

भदौ १०को भोटेकोशीको बिनाशकारी बाढी लगतै केही दिनअघि बुढीगण्डकीमा आएको बाढीपहिरोका कारण रसुवा,नुवाकोट,धादिङ,गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र यतिबेला प्रभावित क्षेत्रका नागरिकहरु पुरै शोकमा डुबेको अवस्था रहेकाले नेपाली काँग्रेसले वषौंदृेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालदवारा आइतबार जारी विज्ञप्तिमा भोटेकोसी हुंदै त्रिशुली नदीमा आएको बाढीबाट १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको र करिब ५ हजारभन्दा बढी नागरिकहरु बेपत्ता रहेकोले देश शोकमा डुबेको उल्लेख गरिएको छ।

यसैगरी केही दिनअघि बुढीगण्डकीमा आएको बाढीले समेत थप जनधनको क्षति गरेको विज्ञप्ति मार्फत जानकारी गराइएको हो ।

२०३४ सालदेखि नेपाली कांग्रेसले विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा देशका सबै राजनीतिक दलका प्रतिनिधिहरु,राष्ट्रसेवक,सरकारका प्रतिनिधिहरु लगायतलाई सहभागी गराई चियापान समारोह आयोजना गर्दै आएको छ।

पार्टीका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएसंगै सो को पछिल्लो वर्षदेखि चियापान कार्यक्रमको सुरु गरिएको थियो।

यस वर्ष देशमा यति ठुलो शोकको सामना गर्नु परेको अवस्थामा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर सबैले आ आफ्ना परिवारमा मात्रै सीमित रही चाड पर्व मनाउन सभापति गगनकुमार थापाले आग्रह गर्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑