आज:  | Tue, 11, Feb, 2025

खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने

१२ आश्विन २०७९, बुधबार ०९:४८ मा प्रकाशित ( २ साल अघि) ९४५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट ल्याइएका खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा बिक्रिमा राखिनेछ । कम्पनीले खसीबोका प्रतिकिलो ६ सय ८० रूपैयाँ र च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँ निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रामा बाहिरको भन्दा किलोमा १० रूपैयाँ छुट दिइने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस