आज:  | Tue, 18, Feb, 2025

धादिङ २ मा एमाले र राप्रपा बीच तालमेल

२६ आश्विन २०७९, बुधबार १७:०९ मा प्रकाशित ( २ साल अघि) १८१८ पटक पढिएको
नारी बाटिका


धादिङ – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । तालमेलपछि प्रतिनिधिसभा क्षेत्र नम्बर २ का राप्रपाका उम्मेदवार परशुराम तामाङले नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीलाई सघाउनुहुने भएको छ ।
बुधबार तामाङले उम्मेदवारी फिर्ता लिनुभएको छ । राप्रपाका तामाङले एमालेका लोहनीलाई समर्थन गर्दै मनोनयन फिर्ता लिनुभएको हो । तालमेल भएपछि प्रदेशसभा २ मा एमालेले राप्रपालाई सघाउने भएको छ ।

राप्रपाका उम्मेदवार डम्बर तामाङलाई समर्थन गर्दै एमालेले आफ्नो उम्मेदवार धनबहादुर घलेको मनोनयन फिर्ता लिएको छ । यता उम्मेदवारी फिर्ता गराएको विषयमा भने घलेले पार्टीले आफु माथि अन्याय गरेको प्रतिक्रिया दिनुभएको छ । आफु काठमाण्डौंमा रहेको र आफ्नो उपस्थिती विना नै कसले कसरी उम्मेदवारी फिर्ता गरायो भन्ने विषयमा आफु अनविज्ञ रहेको घलेको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस