आज:  | Sat, 18, May, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा धादिङ बेसीमा पत्रकार सम्मेलन ।

२८ आश्विन २०७९, शुक्रबार २०:३९ मा प्रकाशित ( १ साल अघि) ३४५ पाठक संख्या
नारी बाटिका


२८, शुक्रबार, अशोज २०७९
धादिङ ।

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा आज धादिङ बेसीमा पत्रकार सम्मेलन गरेको छ । आगमी मंसिर ४ मा हुन गैरहेको प्रदेश र संघिय निर्वाचनमा आफ्ना पार्टीका उम्मेद्वार लाई जिताउनका लागी चुनावी प्रचार प्रशार गर्न धादिङ स्थित पत्रकारहरु संग भेटघाट गरी आफ्नो पार्टीको चुनावी मैदानमा आउनुको कारण,पार्टीको घाषणा पत्र,मुख्य चुनावी एजेण्डा, जनता संघ मत माग्नुको आधार,स्वतन्त्र पार्टीको लक्ष उद्येस्य,रराष्ट्रिय स्वतन्त्र पार्टीले जित हाँशिल गरी प्रदेश र संघमा प्रतिनिधित्व गर्न सफल भएको अवस्थामा बिकासको लागी मुख्य रणनितीको विषयमा जानकारी गराएको छ ।
घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले आज दिनको १२ वजे निर्वाचन प्रचार प्रसारका लागि तयारी बैठक बसेको जनाएको छ ।

उपसभापति डि। बि अर्याल, केन्द्रिय सदस्य उपेन्द्र पाण्डे, समानुपातिक उम्मेदवार कल्पना रोक्का, कृष्ण कुमार श्रेष्ठ, प्रत्यक्ष तर्फका उम्मेदवारहरु हिमेश पन्त र बसुमायाँ तामाङको उपस्थितिमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा पार्टीका क्रियाशिल कार्यकर्ता र शुभचिन्तकहरुलाई आफ्नो पार्टीको अवधारणा वारे स्पष्ट पारेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर धादिङ क्षेत्र नं। १ को प्रतिनीधि सभा सदस्यका लागि हिमेश पन्तले एमालेका भुमि त्रिपाठी र सत्ता गठबन्धनका राजेन्द्र पाण्डे सँग कडा प्रतिस्पर्धा गर्दै छन् भने धादिङ क्षेत्र नं। २ को प्रतिनीधि सभा सदस्यका लागि बसुमायाँ तामाङले एमालेका खेम लोहनी गठबन्धनका रामनाथ अधिकारी सँग दरिलो प्रतिस्पर्धामा उत्रिएकी छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस