आज: २०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

नारी संस्थाद्वारा संयुक्त रुपमा बाढीबाट अभिभावक गुमाएका बालबच्चालाई आर्थिक राहत वितरण

२०८३ भाद्र २७, शनिबार मा प्रकाशित ( ५९ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -२७ भदौ ।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै नारी जागरण केन्द्र र नारी विकास सहकारी संस्थाले संयुक्त रुपमा निलकण्ठ नगरपालिका १२ स्थित पशुपति मार्ग लम्साल परिवारका बालबालिकाहरुलाई केही आर्थिक राहत वितरण गरिएको छ ।

जनैपुर्णिमाको दिन गोसाईँकुण्डमा गएर आफ्ना पितृका नाउँमा श्राद्ध गरी तर्पण दिनका लागी धदिङदेखी भदौ १० गते विहानै यात्रामा हिडेका धादिङको निलकण्ठ नगरपालिका १२ का दयाराम लम्साल,शरण लम्साल,प्रकाश लम्साल,ठाकुर लम्साल,कृष्ण खनाल,नारायण लम्सालसहित सबैका पति पत्नी भएर २९ जनाको टोलीहरु गोसाँईँकुण्डको यात्रामा गएका थिए ।

सोही क्रममा रसुवाको बेत्रावती बजारमा पुगेर बाटोमा बस राखेर नजिकै को होटलमा चिया पिउँदै गरेको अवस्थामा भोटेकोसी बिनाशकारी बाढीले सोही होटल लगायत हजारौ घरहरु बगाएको थियो भने हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ । साथै सोही बाढीका कारण झण्डै पाँच हजार मानिसहरु बेपत्ता भएका छन् ।

यात्राका क्रममा त्रिशुली नदीमा आएको भिषण बाढीमा परी दिवंगत भएका नीलकण्ठ नगरपालिका निवासी ४३ जनामध्य लम्साल ६ घर परिवारका साना बच्चाहरु छन् । त्यस्तै दयाराम लम्सालका २८ वर्षीय जेठो छोरालाई दुर्लव रोग लागेको र उपचारका लागी प्रति महिना धेरै धनराशी खर्च हुन्छ ।

त्यस्तै बाढीमा परी मृत्यु भएका प्रकाश लम्साल र शरण लम्साका साना साना बच्चाहरु रहेको कारण अल्पआयुमै आफ्ना बुबा आमा दुबैजना जनालाई एकैसाथ अल्पआयुमा गुमाउनु पर्दा उनीहरुको भविश्य अब कसरी अघी बढाउने भन्ने चिन्ता छ ।

यस पिडादायिक परिस्थितिले आफ्ना अभिभावक गुमाएका साना साना ति बालबच्चाको पठन पाठनलाई निरनतरता दिन केही सहयोग पुगोस भन्ने उदेस्यले नारी जागरण केन्द्र र नारी विकास सहकारी संस्था लि.ले संस्थागत केही रकम र समिति तथा कर्मचारीहरुको समेतबाट स्वीच्छाले केही रकम संकलन गरी पाँच घर लम्साल परिवार र कृष्ण खनालका बच्चाहरुलाई केही आर्थिक रकम वितरण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस