आज:  | Thu, 18, Apr, 2024

धादिङ क्रिकेट लिगको पहिलो खेलमा खनियावास गाउँपालिका ६ विकेटले विजयी

२ कार्तिक २०७९, बुधबार ०९:०० मा प्रकाशित ( १ साल अघि) १८९ पाठक संख्या
नारी बाटिका


धादिङ– धादिङ जिल्ला क्रिकेट संघको आयोजना मंगलबार देखी सुरु भएको जिल्ला स्तरीय अन्तरपालिका क्रिकेट प्रतियोगीताको पहिलो खेलमा खनियावास गाउँपालिका ६ विकेटले विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ११ रनमात्र जोडेको थियो । गजुरीलाई सस्तैमा रोक्न खनियावास गाउँपालिकाको लागि बलर सरोज लंसालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर ४ विकेट लिएका थिए । गजुरी गाउँपालिकालाइ थोरै रनमा रोक्नको लागि खनियावासका सुदन तामाङले गजुरीका ३ विकेट लिएका थिए ।

१ सय १२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको खनियावास गाउँपालिकाले अमित गुरुङको प्रेरणादायी ४४ रनको योगदानमा ६ विकेटको जित दर्ता गरेको छ । टीमको जीतका लागि अमितले २६ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा ४१ रनको योगदान दिएका थिए । गजुरी गाउँपालिकाका बलर सानु घलले ३ विकेट लिएपनि पालिकाको हार टार्न सकेन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस