
नारी बाटिका
काठमाण्डौं – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।
’कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको हो ।
उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।
गुरुङको उम्मेदवारी खारेजीसँगै रुपन्देही– २ मा गठबन्धन उम्मेदवारविहीन बनेको छ ।








प्रतिक्रिया दिनुहोस