आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

कसैलाई सुचना नदिई यात्रामा निस्कनु भएका प्रधानमन्त्री शाह धादिङको गजुरीमा 

२०८३ भाद्र ५, शुक्रबार मा प्रकाशित ( ५१ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ – ५ भदौ ।

सपरिवारसहित मुस्ताङको भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री वालेन्द्र शाह धादिङको गजुरीस्थित भैरब दलमा आइपुग्नु भएको छ।

नेपाली सेनाबाहेक कसैलाई सुचना नदिई मुस्ताङको यात्रामा निस्कनु भएका प्रम शाह जिल्लास्थित अरु कुनै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई उहाँको भ्रमण बारे जानकारी नभएको बताइएको छ ।

यद्यपि प्रधानमन्त्री शाह बालुवाटारबाट गाडीबाटै सुटुक्क निस्केका भएपनि उहाँले मुस्ताङके यात्रा गर्ने चर्चा भने बिहिबार नै चलेको थियो ।
तर प्रधानमन्त्री शाहले मुस्ताङको यात्रा कहिलेसम्म र किन गर्दैछन् भन्नेबारे नेपाली सेना बाहेक कसैलाई जानकारी दिइएको छैन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलगायतले समेत प्रधानमन्त्री आउने कुरा सञ्चारमाध्मबाट मात्रै थाहा पाएको बताएका छन्।

प्रधामन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कुरा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्तीले आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नभएको बताउनु भयो ।

तर प्रम शाह अहिले धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गणमा आईपुगिसक्नु भएको छ । पूर्वघोषित कुनै सुचनाबिना, कसैलाई पूर्व जानकारी नदिई मुस्ताङ भ्रमणमा निस्कनु भएको हो ।

गजुरी स्थित भैरबगणमा पनि उहाँ अचानक प्रवेश गरेको बताइएको छ । त्यहाँ उनी खाना खाएर पोखराका लागि निस्किने एक स्रोतले बताएको छ।

प्रधानमन्त्रीको यो यात्रामा नेपाली सेनाबाहेक जिल्लाका अन्य सबै सुरक्षा निकायसमेत बेखबर रहनु परेको अवस्था छ । अचानक भएको यो यात्राको उद्देश्यबारे औपचारिक रूपमा केही खुलाइएको छैन ।

यसपनि प्रधानमन्त्री बालेन शाहको आनी बानी, चाल चलन तथा व्यक्तिगत स्वभाव बारे उहाँका आफन्त र परिवार बाहेक उहाँ आवद्ध रास्वपा तथा अन्य राजनितिक दल तथा नेपाली नागरिकहरु नै अनविज्ञ छन् ।

सोही कारणले पनि आजको प्रधानमन्त्री शाहको यस भ्रमणलाई सुरक्षा निकाय तथा नेपाली नागरिक समाजले चासोका साथ हेरिरहेका छन्। यद्यपि उहाँ सपरिवारसहित यात्रामा मुक्तिनाथको दर्शनका लागि निस्किएको हुन सक्ने अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस