आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

देशभर मनसुनी वायुको प्रभाव कायमै,तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ भाद्र ४, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ-४ भदौ ।

मनसुनी वायुको प्रभाव देशभर मनै कायम रहेको अवस्मथा छ । जसको कारण आज अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही भने हिमाली तथा पहाडी भूभागका एक दुइ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै तराई भुभागमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ भने आज राति पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले जनाए अनुसार पछिल्लो समय मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका अधिकांश भूभागमा मनसुनी गतिविधि सक्रिय रहेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑