आज:  | Fri, 17, Jan, 2025

प्रतिनिधिसभा निर्वाचन ; राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

४ कार्तिक २०७९, शुक्रबार १८:०५ मा प्रकाशित ( २ साल अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।

’कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको हो ।

उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।

गुरुङको उम्मेदवारी खारेजीसँगै रुपन्देही– २ मा गठबन्धन उम्मेदवारविहीन बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस