आज:  | Sun, 12, May, 2024

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै

१२ कार्तिक २०७९, शनिबार ०८:५६ मा प्रकाशित ( १ साल अघि) २६९ पाठक संख्या
नारी बाटिका


छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै

काठमाडौं – छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् । हिजो ‘नहाय–खाय’गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ ।

यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ। भोलि निराहार व्रत बसेर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। पर्सि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस