
नारी वाटिका डट्कम
मकवानपुर -१२ मंसिर ।
मकवानपुरको गोठभित्तास्थितमा मादक पदार्थ सेवन गरी श्रीमान्ले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न श्रीमान् लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी अ. ४० वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरेर आफ्नी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनमाथि भएको कुटपिटका कारण अचेत अवस्थाकी रुकुको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुक्रबार राति अ.९ बजे रक्सीको नसामा आएका श्रीमान् रमेशले कुटपिट गरेको भन्ने सूचना आज बिहान मात्रै प्राप्त भएको र त्यसपछी शनिबार १०ः३० बजे प्रहरी चौकी फाखेलबाट प्रहरी टोली घटनास्थलमा पुगेर घरभित्र सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको बताइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा रमेश पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस