
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ मंसिर ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेता पनि आज देशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको र तराई भु-भागका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी अन्य क्षेत्रमा मौसम सफा रहने पुर्वानुमा गरिएको हो ।
त्यसैगरी,आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू -भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस