आज:  | Tue, 18, Feb, 2025

उत्तरी धादिङको विकासको जिम्मा गठबन्धनले लिने नेता रामनाथ अधिकारीको भनाई

१५ कार्तिक २०७९, मंगलवार १६:५० मा प्रकाशित ( २ साल अघि) १९६६ पटक पढिएको
नारी बाटिका


धादिङ – उत्तरी धादिङको समग्र विकासको जिम्मा अब बन्ने गठबन्धनको सरकारले लिने नेपाली कांग्रेस धादिङका सभापति एवं धादिङ क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार रामनाथ अधिकारीले बताउनुभएको छ ।

धादिङको गंगाजमुना गाउँपालिकाको वडा नं. ३ स्थित गुम्दिमा गठबन्धनले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने बताउनुभयो ।

उत्तरी धादिङको आफूहरुसँग कसरी विकास गर्ने, विकासका लागि कुन कुन ठाउँमा पुग्नुपर्छ भन्ने अनुभव र क्षमता भएकाले आफूहरुबाट विकास सम्भव हुने बताउनुभएको छ ।

उहाँलेभन्नुभयो–‘हरेक पालिकामा ३ वटा प्राविधिक शिक्षालय, हरेक वडा पुग्ने बाटो कालोपत्रे, शिक्षा र रोजगार आफ्नो मुख्य एजेण्डा बनाएका छौं ।’आफूहरुको मुख्य प्राथमिकता जनताको जीवन परिवर्तन गराउनेमा रहने भन्दै उहाँले आगामी ५ वर्ष जनताको समस्या समाधान गर्ने काममा आफूहरु केन्द्रित हुने बताउनुभएको छ । साथै प्राप्त अधिकारलाई संरक्षण गर्नका लागि गठबन्धनलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गर्नुभयो ।

यस्तै सोही क्रममा धादिङ क्षेत्र २ प्रदेश १ का उम्मेदवार जगत सिंखडाले निकै पछाडि परेको उत्तरी क्षेत्रको विकासमा अब बन्ने सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

मतदाता भेटघाट तथा निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तर्गत मंगलबार अधिकारीले गंगाजमुना गाउँपालिका वडा न. ३ को चिमचोक र पोखरा लगायतको क्षेत्रमा स्थानिय मतदातासंग भेटघाट गरेका छन् । नेपाली कांग्रेस धादिङका नेताहरु, एमाओवादी धादिङका नेताहरु र नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस