आज:  | Sun, 19, May, 2024

लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो तथा चुनावी कोणसभा

१८ कार्तिक २०७९, शुक्रबार ०८:५६ मा प्रकाशित ( १ साल अघि) ४१८ पाठक संख्या
नारी बाटिका


१८ कार्तिक, धादिङ

आगमी मंसिर ४ मा देशमा हुन गैरहेको आसन्न निर्वाचान प्रचार प्रशारका लागी लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो तथा चुनावी कोणसभा सम्मन्न गरेका छन् ।
संघिय निर्वाचन क्षेत्र नं २ अन्तरगत प्रदेशसभा क मा सत्ता गठबन्धनका उम्मेद्वारहरु घरदैलो कार्यक्रम लिएर नीलकण्ठ नगरपालिका वडा नं १ र २ मा पुगेका छन् ।
प्रदेश सभा निर्वाचनका लागि गठबन्धनको साझा उम्मेद्वारको रुपमा रहेका नेपाली काँग्रेसका उम्मेद्वार गोविन्द लंसाल र नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशसभाको लागि समानुपातिकमा रहेका सोम्वले तामाङ जनताको गुनासो, पीर मर्का सुन्न र सुझाव संकलनको लागि नीलकण्ठ नगरपालिकाको वडा नं १ र २ मा पुगेका हुन् ।
ती वडाहरुको धुसेनी, काउले, चिसापानी, गैरी बसाह, डाँडा बसाह ओलीडाँडा लगायतका क्षेत्रहरुमा पुगेर कोणसभा गरी जनताको समस्याहरु र सुझावहरु संकलन गरिएको नेपाली काँग्रेस प्रदेश क्षेत्रिय सभापति होम गुरुङले जानकारी दिए ।
सो क्रममा स्थानीयहरुले उक्त क्षेत्रमा सडकको स्थायित्वमा समस्या भएको र कुनैपनि राजनितिक दलहरुले नीलकण्ठ १ र २ लाइ प्राथमिकतामा राखेर योजना नबनाएकोमा गुनासो गरेका थिए । विगतमा जितेर गएका नेताहरु पनि पछि फर्केर नआएको र विगतमा पनि गठबन्धनले नाममा भोट खाएर नेताहरुले धोका दिएकोमा दुखेसो पोखेका थिए ।
जनताका गुनासोहरुलाइ सम्वोधन गर्ने क्रममा प्रदेश सभाका उम्मेद्वार लंसाल र तामाङले अहिलेको गठबन्धनमा शंका नगर्न र जनताका पीरमर्का र गुनासोहरुलाइ सम्वोधन गर्नको लागि अहिलेको गठबन्धन बनेको बताएका हुन् ।
पानधारे धुसेनी काउले सडकलाइ १२ महिना नै चल्ने गरी स्तरउन्नती गर्न पहल गर्ने र जीत हार जे भएपनि सधै जनताको साथमा रहेर सुखदुःखमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।
घरदैलो तथा कोणसभा अभियानमा नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी शैलेस, नेपाली काँग्रेसको प्रदेश क्षेत्रिय सभापति होम गुरुङ, नेपाली काँग्रेस धादिङका नेता दीपक कोइराला लगायतका नेताहरु सहभागी भएका थिए ।
यसअघि लंसालले मंगलबार आफ्नै वडा नीलकण्ठ ९ र नीलकण्ठ १२ मा पुगेर जनताका गुनासो र समस्याहरु संकलन गरेका थिए भने विहीबार नीलकण्ठ नगरपालिका वडा नं ७ र ८ मा घरदैलो तथा कोणसभा गर्ने कार्यक्रम रहेको छ ।


डुवानका कारण त्रिपुरासुन्दरीमाइ भगवती मन्दिरको अस्तिव र पहिचान मेटिन दिन्नौँ ः अधिकारी
संघिय निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले जनताको आस्था, भरोसा र धरोहरको रुपमा रहेको त्रिपुरासुन्दरीमाइ भगवतीको मन्दिरको अस्तिव र पहिचान मेटिन नदिने बताएका छन् ।
जलाशययुक्त बुढीगण्डकी आयोजना बनेपछि त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिर डुवानमा पर्ने भएकाले त्यसको उचित स्थानमा पुनस्थापना गर्न र ऐतिहाँसिकता कायम रहने गरी अस्तित्व कायम राख्नको लागि विशेष योजना बनाएर काम गरिने बताएका हुन् ।
चुनावी प्रचार प्रसार र घरदैलो अभियानको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाको ४, ५ र ६ (साविकको सल्यानकोट र आगिन्चोक गाविस) का विभिन्न स्थानमा पुगेर जनताको पीरमर्का बुझ्ने र सुझाव संकलन गर्ने क्रममा अधिकारीले त्रिपुरासुन्दरी भगवतीलाइ गाउँ बेसी गराउने बाटोलाइ धार्मिक पदयात्राको रुपमा विकसित गर्ने योजना सुनाएका हुन् ।
पुर्वाधार विकासका कामहरुलाइ आवश्यकता आधारमा अघि बढाउदै जनताको जीवनयापनमा सहजता ल्याउनको लागि जस्तोसुकै काम गर्न पनि आफुमा आँट, साहस र तागत रहेको बताए ।
त्यस क्षेत्रका चुनावी प्रचारप्रसार कार्यक्रमको कोणसभालाइ सम्बोधन गर्दै नेता अधिकारीले बिगतमा जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरिएको दाबी गरे । उनले आम जनताकोे समस्याको पहिचान गरी क्रमैसंग समाधानको पहल गरिने बताए ।
निर्वाचन प्रचारप्रसार अभियानमा उक्त क्षेत्रबाट प्रदेश सभामा उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडा, माओवादी नेता राम बहादुर भण्डारी, नेपाली काँग्रेसबाट प्रदेशसभामा समानुपातिक तर्फ उम्मेद्वार रहेका गोपाल विश्वकर्मा नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सेना लगायतका नेताहरु सहभागी भएको नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ का सभापति राकेश धमलाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस