आज:  | Thu, 16, Jan, 2025

काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस त्रिशुलीमा खस्दा १६ जना घाइते

१९ कार्तिक २०७९, शनिबार २१:२० मा प्रकाशित ( २ साल अघि) ११२१ पटक पढिएको
नारी बाटिका


धादिङ – काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुबाहक बस आज (शनिबार) साँझ त्रिशुली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउपालिका- १० हुग्दिखोलामा स्थित त्रिशुली नदीमा खसेको हो ।
सडकबाट अन्दाजी दुई मिटर तल त्रिशुली नदीको किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमाण्डमा १० जनाको टोली खटिएको छ भने घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस