नारी बाटिका
धादिङ – नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको दोश्रो स्मृति दिवसको अवसरमा सोमबार उहाँको शालिकमा माल्यार्पण गरिएको छ । कोरोनाको कारण निधन हुनुभएको पत्रकार वर्माको सम्झनामा नेपाल पत्रकार महासंघ धादिङले स्थापना गरेको शालिकमा माल्यार्पण गरिएको हो ।
माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारिता क्षेत्रको विकासमा वर्माले खेलेको भुमिका र संघर्षको स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष मुरारी अधिकारी, पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नवराज छत्कुली प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीलगायतले पत्रकारीतामा वर्माले दिनुभएको योगदान जोगाएर राख्नु पर्ने, ईमान्दारिताको पत्रकारिता सिक्नुपर्ने, समाज परिवर्तनका निम्ति उहाँहरूले देखाएको बाटो भुल्न नहुने बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको दोश्रो स्मृति दिवसको अवसरमा सोमबार उहाँको शालिकमा माल्यार्पण गरिएको छ । कोरोनाको कारण निधन हुनुभएको पत्रकार वर्माको सम्झनामा नेपाल पत्रकार महासंघ धादिङले स्थापना गरेको शालिकमा माल्यार्पण गरिएको हो । माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारिता क्षेत्रको विकासमा वर्माले खेलेको भुमिका र संघर्षको स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष मुरारी अधिकारी, पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नवराज छत्कुली प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीलगायतले पत्रकारीतामा वर्माले दिनुभएको योगदान जोगाएर राख्नु पर्ने, ईमान्दारिताको पत्रकारिता सिक्नुपर्ने, समाज परिवर्तनका निम्ति उहाँहरूले देखाएको बाटो भुल्न नहुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस