आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

आज यी स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण ३१, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -३१ साउन ।

मनसुनी सकृय रहेको कारण आज(आइतवार)देखि वर्षा गराउने वायु प्रणाली बढेर झन् धेरै भारी वर्षा हुने भएको छ ।

गए राति देशका थोरै स्थानमा भारी वर्षा भएको थियो । तर आज र भोली दुइ दिनसम्म पश्चिमका धेरै क्षेत्रमा मध्यम वर्षा हुने तथा केही स्थानमा भने मुसलधारे वर्षा हुने जल तथा मौसमविज्ञान विभागले जनाएको छ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै भारी वर्षाले विशेष गरी आज राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू -भागका एकदुई स्थानमा अति भारी वर्षाले प्रभाव पार्ने सम्भावना छ।

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस