आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

बालिका बलात्कारको आरोपमा सिद्धलेकका सुमन गिरी पक्राउ

२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ( ३ साल अघि) १८२७२ पटक पढिएको
नारी बाटिका


धादिङ – १४ वर्षिया बालिका बलत्कारको आरोपमा धादिङका एक जना युवा पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर गिरीले ती बालिकालाई बलात्कार गरेको प्रहरीको दाबी छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑