आज:  | Tue, 11, Feb, 2025

आज मध्यरातिदेखि भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

१ मंसिर २०७९, बिहीबार १०:४० मा प्रकाशित ( २ साल अघि) ७१० पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – आज मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ ।
आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले ७२ घण्टाअघिदेखि सबै नाका बन्द गर्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि आइतबार मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ ।
अत्यावश्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला छ । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस