आज:  | Mon, 20, Jan, 2025

धादिङमा उत्साहजनक रूपमा मतदान सुरु

४ मंसिर २०७९, आईतवार ०८:२८ मा प्रकाशित ( २ साल अघि) ९५६ पटक पढिएको
नारी बाटिका


प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि धादिङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

धादिङको एक सय १४ मतदानस्थल र तीन सय ३ वटा मतदान केन्द्र मध्ये दश वटा मतदान स्थलमा मतदान सुरु हुन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा आधिकारी दल र स्वतन्त्र गरि प्रतिनिधीसभा तर्फ २८ जना र प्रदेश सभा तर्फ ३८ जना उम्मेदवार रहेका छन् भने २ लाख ६५ हजार ९ सय ६६ मतदाताले मतदान गदैछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस