
नारी बाटिका
धादिङ – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु अगाडि देखिएका छन् ।
यो समाचार तयार पार्दासम्म धादिङ प्रतिनिधिसभा १ को २० हजार १४ मत गणना भएको छ । गणना भएको मतको परिणाम अनुसार एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ८ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ८ हजार १ सय ५ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले २ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा २० हजार १४ मत खसेको छ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारीले १ हजार ७ सय ९ मतले अग्रता लिनुभएको छ । प्रतिनिधिसभा सदस्यमा अहिल १३ हजार ४ सय ३८ मत गणना भएको छ ।
अहिलेसम्मको गणना भएको मत परिणाम अनुसार अधिकारीले ६ हजार ५ सय ८० मत पाउनुभएको छ । नेकपा एमालेका खेम प्रसाद लोहनीले ४ हजार ८ सय ७१ मत पाउनुभएको छ । यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।








प्रतिक्रिया दिनुहोस