आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

आजदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्षको धार्मिक कार्य शुरु

२०८३ आश्विन ११, आईतबार मा प्रकाशित ( २७ मिनेट अघि) ३११ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -११ असोज ।

आजदेखी सोह्र श्राद्धको तिथि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि थालनी गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ।

सोह्र श्राद्धको सुरुका दिन आजै प्रतिपदा कै दिन आफ्ना पितृको तिथि परेका सन्तानहरुले श्राद्ध गर्न नजिक र पायक पर्नेहरुले काठमाडौंको गोकर्नेश्वरमा जाने गर्दछन् भने अन्यले नजिकका नदी तलाउ अथवा घरमै पनि सोह्र श्राद्ध गर्न सकिन्छ ।

नेपाल पञ्चाङ्ग विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) अनुसार तिथि निर्धारण गरिएका हुन्छन्। आज प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि मात्रै गर्नुपर्ने समितिका पूर्वसदस्य तथा शास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनसम्म सोह्रवटा तिथि अनुसार आफ्ना दिवङ्गत पितृका नाउमा तर्पण, सिदादान र पिण्डदान गरिने पित्रृपक्षको धार्मिक कार्यलाई सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष नामले पनि लिने गरिन्छ।

यससंगै आजबाट नेपालीको मुख्य ठुला सुरु भएको र कार्तिकपछी मंसिर लाग्ने बित्तिक्कै विवाह,वर्तवन्ध,तथा सम्पुर्ण पुजाआजाका कार्यपनि विशेष रुपमा गरिने भएकाले धार्मिक विधि विधान अनुसार चाडपर्व यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिनु पर्ने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा रहेकोले वडा दशैंको संघारमा घटस्थापना आउनुअघि सोह्रदिनसम्म सोह्रश्राद्ध गर्ने गरिएको हो।

धार्मिक विधि अनुसार सोह्र श्राद्ध गर्नाले आफ्ना पितृहरुको उद्धार भई,पितृले आशिर्वाद मिल्ने र पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ। यसरी श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनु हुन्छ।

सोह्र श्राद्ध गर्दा अपराह्न कालपछी मात्रै गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनु भयो। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध गर्न छोड्नु नहुने धर्मशास्त्रविद् गौतमको सुझाव छ ।

साथै कुनै कारणवश सोह्र श्राद्ध रोकिएमा विकल्पको रुपमा सन्तान,छोरा,नातिले आफ्ना पिता,पितृको तिथिमा गर्नुपर्ने शाश्रीय मान्यता छ।धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।

त्यसैले सनातन धर्म शाश्र अनुसार ठूला चाडपर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा चलिआएको हो। यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ,तिहार पर्व पछि सरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑