आज:  | Tue, 18, Feb, 2025

लैंगिक हिंसा बिरुद्ध १६ दिने दिवशिय कार्यक्रम आज बाट सुरु ।

९ मंसिर २०७९, शुक्रबार १९:५१ मा प्रकाशित ( २ साल अघि) २१५२ पटक पढिएको
नारी बाटिका


धादिङ २०७९ मंसिर ९

प्रत्येक वर्ष नोवेम्वर २५देखी डिसेम्वर १० सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियानलाई १६ दिने दिवशिय रुपमा मनाई गरिन्छ । जस अनुसार धादिङवशीमा पनि सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सहभागितामा पुछारबजार बाट शुरु भएको प्रभातफेरी कार्यक्रम सिरानबजार पुगी कोणसभा गरी यस दिवसको सुरु गरिएको छ ।
धादिङ जिल्लामा लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरर्गत आज प्रभातफेरी सचेतनामुलक कार्यक्रम बाट शुरु भएको प्रभातफेरी कार्यक्रम सिरानबजार पुगी कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अझै पनि समाजमा बिद्यमान रहेको लैङ्गिक हिम्साललाई न्यनिकरण गर्न बिगतमा गरिएका प्रतिबद्धतालाई समिक्षा गर्ने दिन पनि भएकोले आफ्नो घर,कार्यालय आ आफ्नो स्थान बाट समिक्षा गर्दै अभियानलाई सार्थकता दिुनपर्ने बताउनु भएको छ । उहाँको बिचार जस्ताको तस्तै अडियो समेत…..

सोहि अवसरमा शुभकाना मन्तव्य दिनु हुदै निलकण्ठ नगरपालिकका उप मेयर दिपक बिश्वकर्माले लैङ्गिक हिंम्सा निर्मुल पार्न स्थानिय सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ साथै छोटो अडियो समेत…………..

नीलकण्ठ नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लैङ्गिगक हिम्सा नियन्त्रण जिल्ला संन्जाल लगाएत जिल्लाका क्रियाशिल संघ,संस्थाहरुको सह आयोजनामा विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस